Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिृकतहरू

उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिृकतहरू

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।

आयोगले मंसिर १६ गते स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको हो ।

आयोगले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ।

त्यस्तै,काठमाडौं महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेल तोकिएका छन्।

निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना  जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा सोमबारबाट लागु हुने गरी नियुक्ति गरिएको आयोगले जनाएको छ।

कात्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077