Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर अभिनेता हमाल

लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर अभिनेता हमाल

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्राण्ड एम्बेसडर घोषणा गरेको छ।

नक्शालमा सोमबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले हमाललाई पहिलो संस्करणका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

सोही कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र अभिनेता राजेश हमालले सहकार्यका लागि सम्झौता गरे। लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र कन्स्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन छन् ।

सो अवसरमा अभिनेता हमालले लुम्बिनी लायन्ससँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै एनपिएल दिगो रूपमा अगाडि बढ्ने आशा व्यक्त गरे।

उनले लुम्बिनीसँग ब्राण्ड एम्बेसडर हुनु टोलीसँग भावनात्मक सम्बन्ध गाँसिनु रहेको जनाए। नेपाल प्रिमियर लिग आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077