काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमाथि निगरानी राख्ने बताएका छन् ।
नक्सालमा सोमबार एनपिएलबारे भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले यस्तो बताएका हुन् ।
उनले म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताए ।
एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घण्टा निगरानी राख्ने उनको भनाई छ ।
साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको जानकारी दिए ।