Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आन्दोलनको मोडालिटीबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

आन्दोलनको मोडालिटीबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दैछ । परिवर्तित परिस्थित र आन्दोलनको मोडालिटीबारे छलफल गर्न मंगलबार बिहान ७ बजे भर्चुअल बैठक बोलाइएको हो ।

पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगी र संगठित अपराधको अभियोगमा प्रहरीले उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

पछिल्लोपटक त बयानसमेत नलिई म्याद थप मात्रै गरेर राखिरहेको र सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको पार्टीका नेताहरूको आरोप छ।

पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेकाले त्यसको प्रारूप के हुने भनेर आज छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077