Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पोखरा पुग्यो काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज

पोखरा पुग्यो काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज

मंगलवार , कार्तिक २७, २०८१

पोखरा । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज पोखरा डाइभर्ट भएको छ ।

भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा डाइभर्ट भएको हो ।

बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन ।

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा लैजान खोजिए पनि भैरहवाको आकाश नखुलेका कारण पोखराबाट अझै उड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077