Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कारागार चलान गरिएको छ ।

ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो।

सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077