Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विद्युत काटिएका उद्योगहरुमा लाइन जोड्ने प्राधिकरणको निर्णय

विद्युत काटिएका उद्योगहरुमा लाइन जोड्ने प्राधिकरणको निर्णय

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ ।

आज बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077