Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अफगानिस्तानका अलराउन्डर नबीले ओडीआईबाट सन्न्यास लिने

अफगानिस्तानका अलराउन्डर नबीले ओडीआईबाट सन्न्यास लिने

मंगलवार , कार्तिक २७, २०८१

एजेन्सी । अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

आउँदो वर्ष पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीपछि ओडीआईबाट सन्न्यास लिने उनले घोषणा गरेका हुन् ।

अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला २–१ ले जित्दा उत्कृष्ट खेलाडी बनेका ३९ वर्षीय अलराउन्डर नबीले सन्न्यासबारे बताए ।

पछिल्लो विश्वकपपछि सन्न्यास लिने सोच बनाए पनि टिम च्याम्पियन्स ट्रफीका लागि छनोट भएकाले आफूले च्याम्पियन्स ट्रफी खेल्दा राम्रो हुने नबीले बताए ।

अफगानिस्तानबाट सबैभन्दा धेरै १ सय ६७ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मोहम्मद नबी अहिले आईसीसी वरीयतामा विश्वको नम्बर एक एकदिवसीय अलराउन्डर छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077