Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला यू-१९ विश्वकप एसिया छनोट : निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

महिला यू-१९ विश्वकप एसिया छनोट : निर्णायक खेलमा नेपालले आज यूएईसँग खेल्दै

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

यूएईको सेभेन्स स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ ।

यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077