Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विभिन्न देश जान लागेका २६ जनालाई अध्यागमनले रोक्यो

विभिन्न देश जान लागेका २६ जनालाई अध्यागमनले रोक्यो

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश हिंडेका शंकास्पद् २६ यात्रुलाई रोकिएको छ ।

अध्यागमन कार्यालयले बुधबार युएई, जापान, माल्दिभ्स र साउदी अरेबिया हिंडेका उनीहरूको यात्रा शंकास्पद् देखिएपछि रोकेको हो ।

उनीहरूमध्ये अधिकांश युएई जाने रहेको बताइएको छ । यात्रुहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेपछि अध्यागमनले प्रस्थान अनुमति नदिएको बताइएको छ ।

प्रस्थान अनुमति नपाउनेमा युएई हिंडेका राधिका विश्वकर्मा, उर्मिला गुरुङ, सुकुमाया स्याङ्तान, डिकराज कुँवर, सुमित्रा चेपाङ, मनिषा चेपाङ, पुष्पा थापा लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077