Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।

सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा छनोट भएर टोली बिहीबार साँझ स्वदेश फर्किएको हो ।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077