Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी - टुप्पाबाट पलाएकाहरुले गाली गरेको सुहाउँदैन

रास्वपा लक्षित प्रधानमन्त्री ओलीको टिप्पणी - टुप्पाबाट पलाएकाहरुले गाली गरेको सुहाउँदैन

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ' भन्ने दृढतामा स्पष्ट रहेको बताएका छन् ।

कान्तिपुर कन्क्लेभ-२०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु। गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ। भनेको छु ।’

यस्तै उनले लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएको बताए । रास्वपा लक्षित टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको नसुहाउने बताए ।

न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित नभएको पनि उनको टिप्पणी छ । यस्तै उनले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077