Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विश्वकपमा छनोट महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

विश्वकपमा छनोट महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीहरूले आइसिसी यू–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

शुक्रबार संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो।

नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077