Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ ।

निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो । मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077