Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतले जित्यो दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेट शृङ्खला

भारतले जित्यो दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेट शृङ्खला

शनिवार , मंसिर १, २०८१

एजेन्सी । दक्षिण अफ्रिकासँगको चार खेलको टी–२० क्रिकेट शृङ्खला भारतले हात पारेको छ । गएराति भएको अन्तिम खेलमा १३५ रनको फराकिलो अन्तरले विजयी भएसँगै शृङ्खला भारतले हात पारेको हो ।

जोहानेशवर्गमा भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभर २ बलमा १ सय ४८ रनमा अलआउट भयो । उसका ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए । भारतका अश्रदीप सिंहले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले जम्मा एक विकेट गुमाएर दुई सय ८३ रन बनाएको थियो । उसका तिलक बर्माले नटआउट १ सय २० र सञ्जु सामसनले १ सय ९ रन बनाए । अभिषेक शर्माले ३६ रन बनाए ।

यो शृङ्खलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्यो । त्यसपछि तेस्रो र चौथो खेलमा लगातार भारत विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077