Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको छ ।

लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो ।

क्बका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे ।

जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए ।

जर्सीको निलो रङ्गले सम्पूर्ण नेपालको शान्ती र समृद्धिको भावना बोकेको लुम्बिनी लायन्सले जनाएको छ ।

सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ भने सिंहको रंग पानी सुनौलो रंग नै हुने भएकोले सुनमा सुनौलो छाएको क्लबले जनाएको छ ।

क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077