Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

४ अंकले नेप्से बढ्दा ११ अर्ब ७२ करोडको सेयर कारोबार

४ अंकले नेप्से बढ्दा ११ अर्ब ७२ करोडको सेयर कारोबार

आइतवार , मंसिर २, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

आज नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको हो । आज सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । आज ३२६ वटा धितोपत्रको दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच भएको छ।

आइतबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यस्तै, छ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077