Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आइतबार कैलालीमा सभापति देउवा : चौमालामा दुई र गेटामा आधा मिनेट भाषण !

आइतबार कैलालीमा सभापति देउवा : चौमालामा दुई र गेटामा आधा मिनेट भाषण !

आइतवार , मंसिर २, २०८१

कैलाली । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौं फर्किंका छन् । गत आइतबार गृहजिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम देउवा एक हप्तापछि आज काठमाडौं फर्किंका हुन् ।

उनी गत आइतबार (कार्तिक २५ गते) धनगढी आइपुगेका थिए । दोस्रो दिन अर्थात् कार्तिक २६ गते सडक मार्ग भएर उनी गृहजिल्लातर्फ लागेका थिए । त्यहाँका विभिन्न कार्यक्रममा सहभागी भएर सभापति देउवा शनिबार साँझ धनगढी फर्किका थिए ।

आज (आइतबार) उनी कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका थिए । तर त्यहाँ देउवाले काठमाडौं जानु पर्ने भन्दै दुई मिनेट भाषण गरेका थिए ।

सो क्रममा उनले पुर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनु पर्ने बताएका थिए । त्यसपछि उनी गेटा मेडिकल कलेजमा अनुगमन गर्न पुगेका थिए । त्यहाँ पनि उनले करिब आधा मिनेट मात्रै आफ्ना कुरा राखेका थिए ।

सो क्रममा उनले गेटामा छिट्टै मेडिकल शिक्षाको पढाई हुने बताएका थिए । त्यस लगत्तै सभापति देउवा काठमाडौंका लागि धनगढी विमानस्थल प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077