Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीका तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

आइतवार , मंसिर २, २०८१

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बढ़ुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका एसएसपी डा. दामोदर पौडेल, डा.मजोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार निर्णय गर्दै उनीहरुलाई डीआईजी पदमा बढ़ुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरु तीनै जनाको दरबन्दी नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077