Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको हो ।

आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गरिने छ ।

त्यस्तै, बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ।

आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077