Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा अस्पतालको एजेन्डा समावेश गर्न प्रस्ताव

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा अस्पतालको एजेन्डा समावेश गर्न प्रस्ताव

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा अस्पताल निर्माणको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ ।

प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टिकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न आग्रह गरेका हुन्।

गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिससहितको उक्त प्रस्ताव सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेश गरेका छन्।

स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टिकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले जनाए ।

उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलन जस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077