Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी

उपनिर्वाचन : कीर्तिपुरका उम्मेदवारविरुद्ध परेन उजुरी

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकामा हुन् लागेको उपनिर्वाचनका उम्मेदवारविरूद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कीर्तिपुर नगरपालिकामा हुने मेयर र दुई वटा वडाध्यक्ष पदका उम्मेदवारविरूद्ध सोमबार अपराह्न ३ बजेसम्म कसैको पनि उजुरी नपरेको हो।

आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्‍मेदवारीको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको थियो।

उक्त समयमा मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका थिए। वडा नम्बर १ मा ९ जनाले र वडा नम्बर ४ मा १३ जनाले उम्मेदवारी दिएका थिए। कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्।

यहाँ ३१ हजार ११२ जना मतदाता छन्। मंगलबार साँझ उम्मेदवारीको नामावली प्रकाशन हुनेछ। मंसिर ५ गते बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077