Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीचको समन्वयात्मक बैठक सकियो

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीचको समन्वयात्मक बैठक सकियो

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक काठमाडौंमा सकिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा आज सकिएको हो ।

बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण,लागु औषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण,सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरूको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृत मोहन प्रसादले प्रतिनिधित्व गरेका हुन।एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077