Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएलको ट्रफी सुदूरपश्चिम ल्याउँछौं, टिमलाई हौसला दिनु होला : दिपेन्द्रसिंह ऐरी

एनपीएलको ट्रफी सुदूरपश्चिम ल्याउँछौं, टिमलाई हौसला दिनु होला : दिपेन्द्रसिंह ऐरी

सोमवार , मंसिर ३, २०८१

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीले प्रतियोगिताको ट्रफी सुदूरपश्चिम ल्याउने बताएका छन् ।

सोमबार धनगढीमा रोयल्सले आयोजना गरेको र्‍यालीपछि बोल्दै राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर समेत रहेका उनले यस्तो बताएका हुन् । उनले एनपीएलको ट्रफी सुदूरपश्चिममा ल्याउने आशा रहेको बताए ।

उनले भने, 'सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै यो एनपीएलको ट्रफी यहीँ सुदूरपश्चिममा ल्याउने आशा गर्दछु । सम्पूर्ण सुदूपश्चिम सपोर्टसहरुलाई हाम्रो टिमलाई सपोर्ट र हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।'

उनीसहित सुदूरपश्चिम रोयल्सका सबै खेलाडी र्‍यालीका लागि आइतबार धनगढी आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077