Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजले सार्वजनिक गर्‍यो जर्सी, मस्कट र एन्थम

चितवन राइनोजले सार्वजनिक गर्‍यो जर्सी, मस्कट र एन्थम

सोमवार , मंसिर ३, २०८१

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले पनि जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

सोमबार साँझ आयोजित एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीहरूले जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेका हुन् ।

मेयर दाहालले एनपीएलमा चितवन राइनोजको सशक्त उपस्थिति रहनेमा आफू विश्वस्त रहेको बताइन् । यस्तै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए ।

उनले चितवनको माकी खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि मैदान उत्रने हुँदा ढुक्क भएर टिमको हौसला बढाउन आग्रह गरे ।

यो टिममा कुशल मल्ल, अमर सिंह रौतेला, विपिन रावल, दिपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमल सिंह ऐरी, रञ्जित कुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्।

टिमले विदेशी खेलाडीहरु रवि बोपरा, मर्साँ डी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटनलाई पनि समावेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077