Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बेलुका स्वदेश फर्किएको छ । ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर टोली नेपाल फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे ।

ताजकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डो अन्तर्गत भएको खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो भने अर्को खेलमा अफगानिस्तानलाई २–० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077