Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

मंगलवार , मंसिर ४, २०८१

धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि सँगै अनुशासित पनि बन्नुपर्ने बताए ।

गृहमन्त्री लेखकले भने,'सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो, तर सुरक्षा संगै अनुशासन पनि कायम गराउन जरुरी छ ।'

गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।  गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ती सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए ।

गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077