Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दुर्गा प्रसाईंको म्याद थप आज नहुने, भोलि मात्रै अदालत लगिने

दुर्गा प्रसाईंको म्याद थप आज नहुने, भोलि मात्रै अदालत लगिने

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको म्याद थप भोलि मात्र गरिने भएको छ ।

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई भोलि मात्रै अदालतमा लगिने भएको हो।

भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बुधबार मात्रै काठमाडौं जिल्ला अदालतमा लग्ने तयारी भएको साइबर ब्यूरोले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहान अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो।

सिआइबीले बिहानै पक्राउ गरेको भए पनि थप अनुसन्धानका लागि उनलाई मेडिकल गराएर साइबर ब्युरोमा बुझाएको हो।

तर अबेर भएको र कागजातहरू मिलाउनुपर्ने नभ्याएकाले भोलि मात्रै उपस्थित गराउन लागिएको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077