Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे रास्वपाले गर्‍यो छलफल

दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे रास्वपाले गर्‍यो छलफल

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे छलफल गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको मोडालिटीबारे छलफल गरेको हो ।

अबको आन्दोलनको प्रकृतिबारे छलफल गरेको बताइएको छ । बैठकमा आन्दोलन मूल समितिको तर्फबाट राखिएको प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

रास्वपाले आन्दोलनका क्रममा नागरिक समाजसहित राष्ट्रियतासँग सरोकार राख्ने व्यक्तिहरूसँग संवाद पनि गर्ने भएको छ । केन्द्रीय समितिको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077