Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हंगेरीसँग बराबरीमा रोकियो जर्मनी

हंगेरीसँग बराबरीमा रोकियो जर्मनी

बुधवार , मंसिर ५, २०८१

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा हंगेरीले जर्मनीलाई बराबरीमा रोकेको छ।

९९औं मिनेटमा डोमिनिक सोबोस्जलाइले पेनाल्टीमा बराबरी गोल फर्काएपछि हंगेरीले जर्मनीलाई अंक बाड्न बाध्य पारेको हो।

जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समनले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध ७–० को जित हात पारेका अधिकांश खेलाडीलाई आराम दिएका थिए।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । ७६ औं मिनेटमा फेलिक्स न्मेचाले गोल गरेपछि पुस्कस एरेना पार्कमा भ्रमण टोली जर्मनीले सुरुवाती अग्रता लिएको थियो ।

तर ९७ औं मिनेटमा रोबिन कोचले बक्सभित्र बल ह्यान्डबल गरेपछि हंगेरीले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा सोबोस्जलाइले सहजै गोल गरेपछि खेल बराबरी नतिजा सहित टुङगियो।

लिग ए समूह ३ को विजेता जर्मनीले यस अघिनै नेसन्स लिग क्वार्टर फाइनलमा स्थान बनाइ सकेको थियो।

समूह को तेस्रो स्थानमा रहेको हंगेरीले लिग बी बाट दोस्रो स्थानमा रहेको टोलीविरुद्ध रेलिगेसन प्लेअफ खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077