Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टेलिकम पार्टनरका लागि सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच सम्झौता

टेलिकम पार्टनरका लागि सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच सम्झौता

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ ।

संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो ।

सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षर गरे ।

सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए ।

खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए ।

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताए ।

एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उनले व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077