Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

बुधवार , मंसिर ५, २०८१

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीका कुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छिन्।

प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विरोध भएकी हुन्।

कैलाली जिससमा कांग्रेस र नाउपाको मात्रै उम्मेदवारी परेको थियो। कांग्रेसलाई एमालेले समर्थन गरेको थियो।

२५ जना कुल मतदाता रहेको सुदूरपश्चिममा कांग्रेस एमालेको मत संख्या १३ जना पुग्छ । कांग्रेससँग आठ र एमालेसँग पाँच मत संख्या छ ।

०७९ को स्थानीय तह चुनावपछि जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा उपचारको क्रममा निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077