Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सत्तापक्षले डेलिभर गर्ने हो, प्रदर्शन होइन : मनिष झा

सत्तापक्षले डेलिभर गर्ने हो, प्रदर्शन होइन : मनिष झा

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारमा रहेका दलको काम डेलिभर रहेको बताएका छन् ।

बुधबार बसेको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकारहरूसँग नेकपा एमालेलक्षित सो टिप्पणी गरेका हुन् ।

उनले सरकारमा रहेका दलको काम जनप्रदर्शन गर्ने नभइ डेलिभर गर्ने रहेको बताए ।

उनले भने, 'सत्तापक्षले त डेलिभर गर्ने अवसर पाउँछ नि त, सत्तापक्षले त डेलिभर गर्ने हो तर, अहिले के भइराखेको छ भने प्रधानमन्त्रीको पार्टीले चाहिँ सडकमा आएर जनप्रदर्शन गर्ने रे ।'

एमालेले मंसिर ७ गते दरबारमार्गमा जनजागरण सभाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077