Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

युक्रेनद्धारा पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार

युक्रेनद्धारा पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार

बिहिवार , मंसिर ६, २०८१

एजेन्सी । लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ ।

अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको मिसाइलबाट पनि रुसमा आक्रमण गरेको हो ।

रुसी युद्ध संवाद दाताले टेलिग्राममा पोष्ट गरेको भिडियो फुटेजअनुसार युक्रेनको सीमामा रहेको कुस्र्क क्षेत्रमा मिसाइल प्रहार भएको थियो । मिसाइल आवासीय क्षेत्रमा मिसाइल प्रहार गरे पनि क्षतिको विवरण प्राप्त भएको छैन ।

अमेरिकाले आफूले दिएको लामो दूरीको मिसाइल रुसी भागमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएपछि बेलायतले पनि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077