Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

देश बन्दैन भन्ने भाष्य बनाउन खोजिँदैछ, त्यसलाई रोकौं : सुहाङ नेम्वाङ

देश बन्दैन भन्ने भाष्य बनाउन खोजिँदैछ, त्यसलाई रोकौं : सुहाङ नेम्वाङ

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले देश बन्दैन भन्ने भाष्यलाई रोक्नुपर्ने बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् ।

एकथरी मान्छेहरु अब देश बन्दैन भन्ने भाष्य बनाउन लागि परिरहेको सांसद नेम्वाङले बताए ।

एकथरीको चाहना सिंगो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔं भन्ने चाहना रहेको बताउँदै उनले त्यसलाई रोक्नुपर्ने बताए।

एउटा पुस्तालाई नै डिप्रेसनको शिकार बनाइँदिउ भनेर केही समुहहरु अगाडि बढिरहेको उनले बताए।

सांसद नेम्वाङले भनेका छन्,'एकथरी मान्छेहरु यस्तो भाष्य बनाइरहेका छन् । मानौं देश सबै सकिसक्यो । अब देश बन्दैन । उनीहरुले प्रवाह गरीरहेको सन्देश हो, ‘केही भएको छैन । हुनेवाला पनि छैन । उनीहरु चहान्छन् सिंगो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔं । एउटा पुस्तालाई नै डिप्रेसनको शिकार बनाइदिम् । उनीहरु भनीरहेका छन्, हामीले बनाएका बैधानिक संरचना, प्रक्रिया र प्राबधान बेठिक । हुल हुज्जत ठिक । त्यसैको जगमा ‘एनार्की’ भित्राएर ‘ऐतिहासिक लुटपाट’ सुरु गरौं । निराशाको भाष्य’ उत्पादनको कारखाना, उत्तेजना कोरेल्ने कारखाना र वितरण प्रणाली र प्रक्रिया बारेमा हामी जानकार नभएका पनि होइनौं । हो ! जति हुनुपर्ने भएको छैन । समस्याहरु नभएको भने होइन । कमजोरीहरु होलान् । तर समाज र पुस्तालाई डिप्रेसन लैजाने प्रयास सर्वथा गलत छ ।'

सांसद नेम्वाङले ‘निराशाको भाष्य’ उत्पादनको कारखाना, उत्तेजना कोरेल्ने कारखाना र वितरण प्रणाली र प्रक्रिया बारेमा आफूहरू जानकार रहेको बताए।

अहिलेको समय सम्भावना देखाउने र आशा जगाउने समय भएको सांसद नेम्वाङले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077