Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विकासका नाममा जथाभाबी डोजर नचलाऔं : सहरी विकासमन्त्री सिंह

विकासका नाममा जथाभाबी डोजर नचलाऔं : सहरी विकासमन्त्री सिंह

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका नाममा जथाभाबी डोजर चलाउन नहुने बताएका छन् ।

प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताए ।

स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको पनि सहरी विकासमन्त्री सिंहको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए ।

उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077