Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

असई विक हत्या प्रकरण : चौधरी पुर्पक्षका लागि कारागार चलान

असई विक हत्या प्रकरण : चौधरी पुर्पक्षका लागि कारागार चलान

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोपमा देवेन्द्र चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फणेश्वरी घिमिरेको इजलासले बिहीबार चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतका अनुसार चौधरीलाई जलेश्वर कारागारमा पठाइएको छ ।

चौधरीलाई गत सोमबार जलेश्वर नगरपालिका-१ स्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसको अगाडिबाट पक्राउ गरिएको थियो । पक्राउ परेको दिन सार्वजनिक विदा परेकाले उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो ।

२०७२ सालको मधेस आन्दोलनका क्रममा जलेश्वरमा घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर कुटपिट गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077