Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामै १५०० रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

तोलामै १५०० रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077