Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - सुरक्षाकै कारण उपचुनाव नबिथोलियोस्

गृहमन्त्री लेखकले भने - सुरक्षाकै कारण उपचुनाव नबिथोलियोस्

शुक्रवार , मंसिर ७, २०८१

काठमाण्डौं । गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शुक्रबार भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीसँगको बैठकका क्रममा बोल्दै गृहमन्त्री लेखकले सो निर्देशन दिएका हुन् ।

उनले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन समेत आग्रह गरे । “३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,' उनले भने,'शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिती आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।”

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिती आउन नदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077