Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया उडे

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया उडे

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को ११औँ पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति पौने १० बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल छन् ।

कम्बोडियामामा नै रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल मंसिर ११ गते मंगलबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077