Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालेनलाई एमाले फोबिया छ, एक लाख भिख मागे : महेश बस्नेत

बालेनलाई एमाले फोबिया छ, एक लाख भिख मागे : महेश बस्नेत

शनिवार , मंसिर ८, २०८१

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट एक लाख भिख मागेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले बालेनलाई एमाले फोबिया रहेको बताए ।

नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्–

बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।

सकारात्मक : काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।

नकारात्मक : बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।

यसअघि शुक्रवार काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गरेको एमालेलाई महानगरपालिकाले एक लाख जरिबाना गरेको छ ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिबाना तिराएको जनाएको छ ।

महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा एमालेले सभा आयोजित स्थलमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077