Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेसँगको विवादपछि बालेन भन्छन् - तातो पानी खाने गरुम है !

एमालेसँगको विवादपछि बालेन भन्छन् - तातो पानी खाने गरुम है !

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेबीच विवाद बढेको छ । शुक्रबार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेपछि विवाद झनै बढेको हो ।

एमालेले मेयर बालेनलाई परिचालित भनेको छ । एमालेका विभिन्न नेताहरु बालेनविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बालेनले स्टन्टबाजी गरेको आरोप लगाए । साथै उनले बालेन एमालेकाविरुद्ध परिचालित रहेको टिप्पणी गरे ।

अर्का युवा नेता महेश बस्नेतले पनि बालेनले एमालेबाट एक लाख भिख मागेको आरोप लगाए । तर शनिबार बिहान फेसबुकमा मेयर बालेनले आफ्नो तस्विर साझा गर्दै भनेका छन्, 'तातो पानी खाने गरुम है।'

एमालेले शुक्रबार जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एक लाख जरिवाना गरेपछि अहिले एमालेका नेताकार्यकर्ता र बालेनका समर्थकबीच जुहारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077