Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेन मात्रै हैन आम मानिसहरू एमालेविरुद्ध छन् पोखरेलजी के गर्नु हुन्छ ?

बालेन मात्रै हैन आम मानिसहरू एमालेविरुद्ध छन् पोखरेलजी के गर्नु हुन्छ ?

शनिवार , मंसिर ८, २०८१

कुनै बेला प्रदर्शित सरलताले हामीलाई पनि झुक्क्याउन सफल शंकर पोखरेल आफैँले एमाले बिगारेर बनाएको बामालेको टिके महासचिव हुनुहुन्छ ।

उहाँले बनेको नेकपा फुटाउन अनि जुटेको एमाले फुटाउन के के गर्नु भयो त्यो आम मानिसले अलिक कम बुझेको भए पनि असली वामपन्थी र इमानदार एमालेहरूले बुझेका नै छन् ।

अव उहाँले आफू मुख्यमन्त्री रहेको बेला त्यस पदमा टिक्न के के मात्रै गर्नु भएन भन्ने देखि त्यस पदमा रहेर जनताको पक्षमा चाहिँ केही गर्नु भएन भन्ने त जनताले नै प्रस्ट नै बुझेकै हुन ।

त्यसमा पनि दाङ्गका जनताले वहाँलाइ धेरै राम्ररी बुझेकै रहेछन् त्यसैले अक्सर चुनावमा हराइदिने रहेछन् । नहराउन पनि कसरी ?

अव हुँदो न खाँदोमा काठमाडौंको सडक कब्जा गरेर बामालेले गरेको कथित जागरण सभामा बामाले वालाहरुको स्वभाव अनुसार फोहोर गरे पछि महानगर पालिकाले नियम अनुसार जरिवाना लगाउँदा खुरुक्क तिर्न छोडेर महानगरका मेयर बालेन शाह एमाले विरुद्ध परिचालित छन् भन्ने राग अलाप्न लाग्नु भएछ ।

शंकर पोखरेल ज्यु , हो बुझेको छौँ अर्काले दुख गरेर बनाएको टिकाएको एमाले तपाईँहरूको कर्तुतले बामाले बन्दै गए पछि क्रमशः जनताको निशानामा परेकोमा तपाईंहरुलाई डाहा, छटपटी त्रास भय सबै छ । तर गर्नु हुन्छ कि दुख पाईस मङ्गले आफ्नै ढंगले भने जस्तो त हो नि ।

अनि के बालेन मात्रै सिंगो देश तपाईँहरूको खिलाफ हुँदै गएको छ । अब कतिलाई सराप्ने ? कतिलाई गाली गर्ने ? भो अव दुख नगर्नुस् । सके सुध्रिनुस् हैन भने सक्किनु त अनिवार्य छँदै त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077