Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कञ्चनपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

कञ्चनपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

शनिवार , मंसिर ८, २०८१

कञ्चनपुर । कञ्चनपुरमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ७७५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा घाइतेको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077