Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपा लक्षित विप्लवको टिप्पणी - नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो छ

रास्वपा लक्षित विप्लवको टिप्पणी - नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो छ

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ पार्टी गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो देखिएको बताएका छन् ।

पार्टी पुनर्गठन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित सभामा उनले यस्तो बताएका हुन् । उनले नाम नलिई रास्वपा लक्षित सो टिप्पणी गरेका हुन् ।

उनले भने, “यो भ्रष्टाचार भनेको यस्तो रोग छ, नयाँ मान्छे त जन्मिएका छन्, पार्टी पनि जन्मेका छन्, तर गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो । यो पनि सुनिँदै छ ।”

यस्तै उनले हाल भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077