Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङमाथि कारबाही हुन्छ : विश्वप्रकाश शर्मा

सहकारी ठगीमा दोषी देखिए धनराज गुरुङमाथि कारबाही हुन्छ : विश्वप्रकाश शर्मा

शनिवार , मंसिर ८, २०८१

सिरहा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् ।

लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । उनले अनुसन्धानमा दोषी देखिए गुरुङमाथि कारबाही हुने बताए ।

कुनै पनि घटनामा अनुसन्धानका क्रममा पक्राउ पर्नु सामान्य विषय भएको भन्दै उनले कुनै पनि कांग्रेस नेता पक्राउ पर्दा आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

अनुसन्धानका क्रममा सबै पार्टीका नेताहरू विगतमा पक्राउ परेको र यसमा होहल्ला गर्न नहुने उनको भनाइ छ । मितेरी सहकारीको रकम हिनामिनामा प्रकरणमा मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077