Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बालेनले काट्न लगाएको पत्रको जवाफ पनि दिइदैन, जरिवाना पनि तिरिदैन : एमाले

बालेनले काट्न लगाएको पत्रको जवाफ पनि दिइदैन, जरिवाना पनि तिरिदैन : एमाले

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।

उनले भने–‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन । हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।

पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेको अडान छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

सचिव अधिकारीले उक्त पत्र प्राप्त भए पनि जावाप दिइरहनु नपर्ने दावी गरेका छन् । उनले भनेका छन्–‘हमीले कार्यक्रम गर्‍यौं, आफैं सफा पनि गर्‍यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन ।’

मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् ।

त्यस्तै एमालेका अर्का नेता महेश बस्नेतले त झन छुद्र शैलीमा बालेनले एमालेबाट एक लाख भिख मागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077