Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अघि बढ्यो धितोपत्र बोर्ड अध्यक्षको छनोट प्रक्रिया, अझै किन भागिरहेका छन् चापागाईं ?

अघि बढ्यो धितोपत्र बोर्ड अध्यक्षको छनोट प्रक्रिया, अझै किन भागिरहेका छन् चापागाईं ?

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आवेदन दिएपनि अन्तर्वार्ता छल्दै आएका ३ जनामध्ये २ जना आजको अन्तर्वार्तामा उपस्थित भएका छन् ।

यसअघि अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिनबाट पन्छिदै आएका ३ जनामध्ये नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी आजको अन्तर्वार्तामा सहभागी छन् । तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं भने आज पनि उपस्थित भएका छैनन् ।

चापागाईं उपस्थित नभएपनि सिफारिशको लागि तीन जना पर्याप्त हुने भएकोले अब छनोट प्रक्रिया अगाडी बढ्नेछ। आइतबार बिहान उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको थियो।

यसअघि अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तर्वार्ता सकिएको छ ।

अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना अनुपिस्थत रहदै आएपछि यो प्रक्रिया लामो समयदेखि अड्किँदै आएको थियो।

धितोपत्र ऐनअनुसार अन्तिम सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।

त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्। सरकारले बोर्ड अध्यक्ष छान्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थसचिव कृष्णहरि पुस्करसहित उदय निरौला छन्।

बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सो पद रिक्त छ। करिब एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्षको पद रिक्त छ। हाल अर्थमन्त्रायबाट गएका प्रतिनीधिले यो जिम्मेवारीमा काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077