Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

हिरासतबाटै दुर्गा प्रसाईंले भने–ओलीसँग जोडिएको कम्बोडियाको लगानी शत प्रतिशत साँचो हो

हिरासतबाटै दुर्गा प्रसाईंले भने–ओलीसँग जोडिएको कम्बोडियाको लगानी शत प्रतिशत साँचो हो

आइतवार , मंसिर ९, २०८१

काठमाडौं। प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीबारे आफूले सार्वजनिक गरेको प्रमाण शत प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् ।

हिरासतबाटै समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेख्दै उनले ओली जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको समेत दाबी गरेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीसंग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायराल़ाई आफू केन्दित गर्छन्।'

उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्–‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्‍याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’

उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्‍यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।

लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको प्रसाईंको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्–‘अध्याँरो कालकोठरीमा नेलकडिमा बाधिएका विपीलाई दिन कतिबेला भयो। रात कतिबेला भयो। भन्ने थाहा समेत नभएको र खोपाको किरण देख्ना साथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्न समेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आँशु आयो।’

https://www.facebook.com/profile.php?id=61550810014174

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077