Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आईपीटीपीमा सभामुख घिमिरेको सम्बोधन : बुद्धको भूमि नेपालको द्वन्द्व व्यवस्थापन विश्वका लागि उदाहरणीय

आईपीटीपीमा सभामुख घिमिरेको सम्बोधन : बुद्धको भूमि नेपालको द्वन्द्व व्यवस्थापन विश्वका लागि उदाहरणीय

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । पाँच दिने कम्बोडियाको भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।

कम्बोडियामा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रलाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गरेका हुन्।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडको रूपमा प्रस्तुत गरे। उनले भने–‘शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत संघीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ ।’

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए।
भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका हुन् । सभामुख आगामी मंसिर ११ गते मंगलबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077